
राष्ट्रिय टिमका दुई पूर्वकप्तानका टिम रेलिगेसनमा
Read Time:1 मिनेट
सहिद स्मारक ए डिभिजन लिगमा अझै एक चरणको खेल बाँकी नै छ । तर, उपाधि र रेलिगेसनको भने टुंगो लागिसकेको छ।
लिगको उपाधि लगातार दोस्रो पटक मछिन्द्र क्लबले जित्दा च्यासल युथ क्लब र ब्रिगेड बोइज क्लब रेलिगेसनमा परेका छन्।
संयोग कस्तो रह्यो भने राष्ट्रिय टिमका दुई पूर्वकप्तान विराज महर्जन र अनिल गुरुङको कप्तानीमा रहेको दुवै क्लब एकै सिजन रलिगेसनमा परेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएपछि अनिलकाे टिम ब्रिगेड रेलिगेसनमा परेको छ। विराजकाे टिम च्यासल यसअघि नै रेलिगेसनमा परिसकेकाे छ।
विराज यसैसिजन मछिन्द्र छाड्दै च्यासल पुगेका हुन भने अनिल अघिल्लाे सिजनदेखि नै ब्रिगेड बाेइजबाट खेल्दै अाएका छन्।
ब्रिगेट बाेइजकाे ७ अंक छ भने च्यासलका ६ अंक छ।