एक खेल बाँकी छँदै रेलिगेसनमा पर्‍यो च्यासल

Read Time:1 Minute

च्यासल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ। लिगको १२औं चरणअन्तर्गत शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ले पराजित भएसँगै च्यासल एक खेल अगावै रेलिगेसनमा परेको हो।

२०७३ मा ए डिभिजनमा बढुवा भएको च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा छ। फ्रेन्ड्सले १२ खेलमा १० अंक जोड्दै रेलिगेसन जोनबाट ठीक माथि उठेको छ।

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे भने च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

३८ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । कप्तान नाथनियल जुड गार्सियाको हेडर पासमा उनले उत्कृष्ट चिप गोल गरेका थिए। ४३औं मिनेटमा एन्थोनीले पेनाल्टीमा गोल गर्दै गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए।

५६ औं मिनेटमा मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि त्यो गोल च्यासललाई जित दिलाउन पर्याप्त भएन। फ्रेन्ड्सका गोलकिपर राहुल यादवले राजिव लोप्चनलाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप छनोटमा नेपालको लागातार दोस्रो जित, फिलिपिन्स १३६ रनले पराजित
Next post तीनै फर्म्याटमा भारतीय टिमको कप्तानी रोहितले गर्ने
Close