
च्यासलको पुरै टिम कोरोना संक्रमित, पुलिससँगको खेल स्थगित
ए डिभिजन क्लब च्यासल युथ क्लबको पुरै टिम कोरोना संमित भएको छ। गत साता २ खेलाडीमा कोरोना संक्रामण देखिएको च्यासलका थप १९ खेलाडीमा शनिबार संक्रमण देखिएको छ।
नेपाली खेलाडीमा एककपटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो।
च्यासलको पुरै टिमले संक्रमित भएपछि नेपाल पुलिसविरुद्धको च्यासलको खेल पनि स्थगित भएको छ। खेल आजै हुने तालिका थियाे।
स्थगित खेलको मिति पछि तय गरिने एन्फाले जनाएको छ।
ए डिभिजन लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा छ भन च्यासल ५ अंकसहित १३औं स्थानमा छ।