बर्खास्तीमा परे वाटफोर्डका प्रशिक्षक रेनेरी

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा जारी सिजन रेलिगेसन जोनबाट माथि उठ्न नसकेको वाटफोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको छ।

प्रिमियर लिग अन्तर्गत यसै साता भएको खेलमा रेलिगेसन जोनको अर्को क्लब नर्विच सिटीसँग पराजित भएसँगै वाटफोर्डले रेनेरीलाई बर्खास्त गरेको हो। वाटफोर्टले क्लबलाई समस्याबाट माथि उठाउन परिवर्तन आवश्यक रहेकाले रेनेरीलाई बर्खास्त गरेको जनाएको छ ।

६९ वर्षीय रेनेरी ४ महिनापछि नै बर्खास्तीमा परेका हुन्। वाटफोर्डले गत अक्टोबरमा सिस्को मुनोजलाई बर्खास्त गर्दै रेनेरीलार्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

रेनेरीको नेतृत्वमा १४ खेले खेलेको वाटफोर्डले २ खेल मात्र जितेको थियो। वाटफोर्ड यस सिजन १४ अंक सहित १८औं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अफ्रिदी बने वर्षकै उत्कृष्ट क्रिकेटर
Next post दक्षिण अफ्रिकामा होला त आईपिएल ?
Close