बेल्जियन लिगको उपाधि क्लब ब्रुगलाई

बेल्जियमको शीर्ष डिभिजन फुटबल प्रतियोगिता प्रो लिगको उपाधि क्लब ग्रुबलाई दिइएको छ । कोरोना भाइरसको महामारीका कारण लिग रद्द गरिएपछि शीर्ष स्थानको ब्रुगलाई च्याम्पियन घोषणा गरिएको हो ।

कोरोनाको महामारीक कारण प्रो लिगा अप्रिल १५ मै रद्द गर्ने घोषणा गरिएको थियो । तर, उपाधि कसलाई दिने भन्ने निर्णय भने भएको थिएन । शुक्रबार लिग कमिटिले शीर्ष स्थानको ब्रुगलाई लिगको उपाधि दिने घोषणा गरेको हो ।

तर, लिग कमिटीको यो निर्णय अनुमोदन नभइसकेपछि अनुमोदन हुने पक्का छ । क्लबहरुले पनि लिग कमिटीको यो निर्णयमा मौखिक सहमति जनाइसकेका छन् । लिग किमिटीको यो निणर्यलाई आगामी साता बस्ने क्लबहरुको साभारणसभाले अनुमोदन गर्ने छ ।

कोरोनाका प्रो लिग रोकिँदा लिग सकिन १ चरण मात्र बाँकी थियो । सो अवस्थामा क्लब ब्रुगले शीर्ष स्थानमा स्पष्ट १५ अंकको अग्रता कायम गरेको थियो । उसको ७० अंकक थियो भने दोस्रो स्थानको केएफ जेन्टको ५५ अंक थियो । यो क्लब ब्रुगको १७औं लिग उपाधि हो भने पछिल्लो ५ वर्षमा तेस्रो उपाधि हो ।

यसैगरी लिग कमिटीले अंक तालिकाको पुछारमा रहेको वासल्यान्ड बेवरेनलाई रेलिगेसन गर्ने निर्णय पनि गरेको छ । यस्तै, च्याम्पियन क्लब ब्रुग र जेन्टले च्याम्पियन्स लिग प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP