
लियोनविरुद्ध किन सब्टिच्यूट भए मेसी ? यस्तो छ कारण
आइतबार राति फ्रेन्च जाइन्ट पिएसजीले लिग वानमा लियोनविरुद्ध पुनरागमन जित निकाल्यो। घरेलु मैदानमा पिएसजीले १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ को जित निकालेको थियो।
प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनल मेसी, नेमार र किलियन एम्बाप्पेलाई सुरुआतमै खेलाए। खेल १–१ गोलको बराबरी चलिरहेको अवस्थामा प्रशिक्षक पोचेटिनोले मेसीले ७५आमैं मिनेटमा सब्टिच्यूट गरे।
मैदान बाहिर निस्कँदै गर्दा मेसी खुसी देखिएका थिएनन्, उनको अनुहार शारिरिक हाभाउलले त्यस्तै भन्थ्यो । मैदाबाहिर निस्कँदै गर्दा मेसीले टचलाइनमा रहेका प्रशिक्षक पोचेटिनो तर्फ फर्कक्दै ‘आफूलाई किन निकालेको’ भन्ने आसय व्यक्त गरेका थिए।
खेलमा पिएसजी दबाबमै रहेको अवस्थामा मेसीलाई सब्टिच्यूट गरेपछि प्रशिक्षक पोटिनोको व्यापक आलोचना भएको छ। र, धेरै समर्थकले मेसीलाई सब्टिच्यूट गर्नुको कारण पोचेटिनोसँग मागेका छन्।
मेसीलाई सब्टिच्यूट गर्ने निर्णयको आलोचना भएपछि प्रशिक्षक पोचेटिनोले मेसीलाई विशेष कारणले सब्टिच्यूट गरिएको बताएका छन् । उनले प्राविधिक टिमसँगको सल्लाहमै मेसीलाई सुरक्षित राख्न यो निर्णय गरिएको बताए।
‘मेसीको कति महत्वपूर्ण छन्, त्यो हामीलाई राम्रोसँग थाहा छ । त्यसलै हामी उनलाई सुरक्षा राख्न चाहन्छौं, सम्भावित चोटबाट बचाउन चाहन्छौं,’ मेसीलाई सब्टिच्यूट गर्नु कारण खुलाउँदै पोचेटिनोले भने, ‘अझै पनि धेरै महत्त्वपूर्ण खेल बाँकी छैन्, यी खेलमा मेसीको उपलब्धता अपरिहार्य छ । त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’
पिएसजीले यो सिजन थु्रप्रै्र स्टार खलाडीलाई क्लबमा ल्याएको छ। त्यसको एउटै कारण हो, च्याम्पियन्स लिग । त्यसैले प्रशिक्षक पोचेटिनो र पिएसजीले मेसीलाई च्याम्पियन्स लिगका लागि सुरक्षित राख्न चाहेका हुन्।