
लिभरपुलले भित्र्यायो विश्वकपका स्टार गाक्पो
कतार विश्वकपबाट आफूलाई चम्काएका डच स्टार कोडी गाक्पो लिभरपुल आउने भएका छन्। २३ वर्षीय विंगरलाई लिभरपुलले डच क्लब पिएसजी इन्डहोभनबाट ४२ मिलियन युरो खर्चियो।
मिडफिल्ड र विंगरका रुपमा उत्तिकै राम्रो खेल्न सक्ने गाक्पोले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले विश्वकपका समूह चरणका तीनै खेलमा गोल गरेका थिए।
गाक्पो लिरभपुल आउने पक्का भएपनि दुई बीच औपचारिक सम्झौता भने भएको छैन । लिभरपुलले गाक्पोसँग लामो समयका लागि सम्झौतान गर्ने बताइएको छ।
उनलाई भित्र्याउन अर्को प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड लागि परेको थियो । युनाइटेडले गत समरमै गाक्पोलाई भित्र्याउन चाहेको थियो । तर, पिएसभीले सबै प्रस्ताव अस्वीकार गरेको थिाये।
पिएभीकै एकेडेमीका उत्पादन गाक्पोले सिनियर टिममा ६ सिजन बिताएका छन्। जसमा उनले १५९ खेल खेल्दै ५५ गोल गरेका छन्।
र, याे पनि
विश्वकपका यी स्टार, जसमामाथि ठूला क्लबको नजर छ