विश्वकप छनोट : कोलम्बियाको सानदार जित, रोकियो उरुग्वे

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट कोलम्बियाले सानदार जित निकाल्दा उरुग्वे भने बराबरीमा रोकिएको छ। शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले पेरुलाई ३–०ले हराउँदा उरुग्वे पराग्वेसँग गोलरहित बराबरीमा रोकियो।

विश्वकप छनोटमा कोलम्बियालाई सहज जित दिलाउने क्रममा यारी मिना, म्याटियस उरिबे र लुइस डियाजले गोल गरे । कोलम्बियाले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

४०औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा पेरु १० खेलाडीमा समेटियो । ४५ औं मिनेटमा उसका मिगुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए।

४९ औं मिनेटमा उरिबेले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । ५५ औं मिनेटमा डियाजले गोल गरेपछि कोलम्बियाले पेरुमाथि ३–० सानदार जित निकाल्यो ।

खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे । ५९औं मिनेटमा डानिल मुनोजले रातो कार्ड पाएपछि कोलम्बिया पनि १० खेलाडीमा समेटिएको थियो ।

यस्तै, शुक्रबार बिहानै भएको खेलमा उरुग्वे पारग्वेसँग गोलरहित बराबरीमा रोकियो । दुवै टिमले खेलमा गोल राम्रा अवसर खेर फालेका थिए।

जितसँगै ५ खेलमा ७ अंकसहित कोलम्बिया छैटौं स्थानमा छ । पेरु १ अंक जोडेर पुछारमा छ । यस्तै, समान ७ अंक जोडेका पाराग्वे र उरुग्वे चौथो र पाँचौं स्थानमा छन्।

Facebook Comments Box