पेनाल्टीमा चम्किए ओस्पिना, उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

पेनाल्टीमा डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेपछि कोलम्बिया कोपा अमरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा ओस्पिनाले २ पेनाल्टी बचाएपछि उरुग्वेलाई ४–२लाई हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको हो।

ब्राजिलको बा्सिलिया स्टेडियममा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो। जहाँ कोलम्बियाका चारै खेलाडीले गोल गरे । उरुग्वेका लागि दुई खेलाडीले गोल गर्दा दुई खेलाडीको प्रहार गोलकिपर ओस्पिनाले बचाए ।

कोलम्बियाका डुभान जापाट्टा, डेभिसन सान्चेज, येरी मिन र रमिगुएल बोयाले गोल गरे । उरुग्वेका एडिनसन कभानी र लुइस सुआरेजले मात्र गोल गरे । जोस जिमिनेज र माथियस भिनाको प्रहार कोलम्बियाका गोलकिपर ओस्पिनाले बचाए ।

कोलम्बियाले अब अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिनाले आज भएको खेलमा इक्वेडरलाई ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

Facebook Comments Box