कमनवेल्थ गेममा क्रिकेटमा शीर्ष ७ वरिताका टिमले खेल्ने

कमनवेल्थ गेम्सअन्तर्गत क्रिकेटमा यो पटक टि–२० वरियताका शीर्ष ७ टिम सहभागी हुने भएका छन् । आगामी वर्ष इंग्ल्यान्डमा आयोजना हुने कमलवेल्ट गेमको क्रिकेटका लागि आईसिसीले अप्रिल १ को टि–२० वरियताका शीर्ष ७ टिमलाई सहभागी गराउने निर्णय गरेको छ।

इंग्ल्यान्डमा हुने प्रतियोगितामा आयोजक इंग्ल्यान्डसँगै अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र वेस्टइन्डिज सहभागी हुने छन्। प्रतियोगिता २०२२, जुलाई २८ देखि ८ अगष्टसम्म हुनेछ ।

इंग्ल्यान्डमा आयोजना हुने कमनवेल्थ गेम्सका आर्चरी र सुटिङ भने भारतको चन्द्रिगढमा हुने छ । अरु सबै खेल बर्मिङघममा हुनेछ। ७१ राष्ट्र सहभागी हुने प्रतियोगितामा २४ खेल समावेश हुनेछन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.