ऐतिहासिक रुपमा अघिल्लो सिनज ट्रेबल जितेको पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्दै सिजनको सुरुआत गर्ने छ। फाइनल वेम्वली रंगशालामा आज राति ८ः४५ बजे सुरु हुनेछ।
कम्युनिटी सिल्डमा प्रिमियर लिग विजेता र एफए कप विजेता भीड्छन्। तर, यो पटक दुवै प्रतियोगिता सिटीले जितेका प्रियिमर लिगको उपविजेताका रुपम आर्सनले कम्युनिटी सिल्डमा मौका पाएको हो।
गत सिजनमा उपाधि दौडबाट नाटकीय पतन भएर उपाधि गुमाउनुपरेको पीडा अर्टेटाको टोलीले सिटीसँग बदला लिएर पूरा गर्ने दाउमा छ । डेक्लन राइस, काइ हाभेर्टज र जुरिइन टिम्बर लगायत खेलाडी भित्र्याएको आर्सनलले सिटीलाई दबाब दिन सक्छ। वेम्बली हुने खेलले आफ्नो टोलीलाई जाँच्ने अवसर प्रदान गर्ने कुरा अर्टेटाले राम्रोसँग बुझेका छन् ।
विगत हेर्ने हो भने कम्युनिटी सिल्डको नतिजाले बाँकी सिजनको मार्ग चित्रण गर्ने गरेको छैन । पछिल्ला १० कम्युनिटी सिल्डका विजेतामध्ये ९ टिम प्रिमियर लिग जित्न असफल छन् । सिटीले मात्रै कम्युनिटी सिल्डसँगै प्रिमियर लिग जितेको छ।
सिटीले अगस्ट ११ मा बर्नलीसँग खेलेर प्रिमियर लिग सुरु गर्नेछ । त्यसको भोलिपल्ट आर्सनलले नोटिङ्घम फरेस्टसँग खेल्नेछ ।