अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा, उपाधि जित्ने मेसीको सपना अधुरै

अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल ४२औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोतिगाको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनालाई २–०ले पराजित गर्दै आयोजक ब्राजिल उपाधि नजिक पुगेको छ ।

यता अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीका अन्तर्राष्ट्रिउ उपाधि सपना भने पुनः एकपटक अधरै रहेको छ । लगातार तीन फाइलन खेल्दा पनि उपाधि विहीन बनेका मेसीको उपाधि सपना यसपटक भने सेमिफाइनलमै सकियो ।

समग्रमा भने मेसी ४ पटक उपाधि नजिक पुगेका थिए । मेसीले ३ कोपा अमेरिका फाइनल र एक विश्वकप फाइनल खेले, तर उपविजेतामै जित्त बुझाए । सन् २००७ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना ब्राजिलसँगै ३–० ले पराजित भएको थियो ।

त्यसपछि सन् २०१४ मा विश्वकप फुटबलको फाइलन पुगेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । यस्तै, मेसीले सन् २०१५ र २०१६ मा लगातार दुई कोपा अमेरिकाको फाइलन खेले । तर, दुवै पटक मेसीको टिम अर्जेन्टिना चिलीसँग पेनाल्टीसुटआउटमा पराजित हुन पुग्यो ।

ब्राजिललाई जित दिलाउने क्रममा ग्याब्रियल जेसुस र रोबर्टो फिर्मिन्होले गोल गरे । प्रतिस्पर्धात्मक खेलको १९ मिनेटका जेसुसको गोलमा ब्राजिलले सुरुवाती अग्रता लियो । रोबर्ट फिर्मिन्होको पासमा डिबक्सभित्र अनमार्क रहेका जेसुसले वानटचमा गोल गरेका थिए । पहिलो हाफमा खेल नियन्त्रणमा लिएपनि ब्राजिलले थप गोल गर्न सकेन ।

पहिलो हाफमा १–०को अग्रता लिएको ब्राजिलले दोस्रो पुनः १ गोल थप्यो । खेलको ७१औं मिनेटमा काउन्टर अट्याकमा जेसुसले २ डिफेन्डरलाई छलाउँदै उपलब्ध गराएको सटिक पासलाई फिर्मिन्होले वानटचमै जाली चुमाए । दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो, तर गोल भने गर्न सकने ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा खेल ब्राजिलले २–० ले जित्यो । अब ब्राजिलले उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग खेल्ने छ ।

खेलमा दुवै टिमले गोलका केही राम्रा असवर खेर फालेका थिए । ब्राजिलका जेसुस, फिलिपे काउटिन्हो र अर्जेन्टिनाका लियोजन मेसी, सर्जियो अगुएरोले पाएको मौका सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफको सुरुवातमै मेसीको प्रहार बारमा लागेर फर्किएको थियो । यस्तै, दोस्रो हाफमै डिबक्स बारिहबाट मेसी प्रहार गरेको फ्रिकिकलाई ब्राजिलका किपर एलिन्सनले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै, दोस्रो हाफकै अन्त्यतिर काउटिन्होले राम्रो अवसर खेर फाल्दा ब्राजिलले अग्रता बढाउन अवसर गुमाएको थियो ।

खेलमा अर्जेन्टिनाले ५१ प्रतिशत बल पोजेशन बनाएको थियो । उसले ब्राजिलको पोस्टमा १४ सट प्रहार गरेका थियो, जसमध्ये २ सटमात्र फ्रेममा थिये । यता, ब्राजिलले भने ५ सट प्रहार गरेकोमा ३ सट टार्गेटमा थियो । खेलमा ब्राजिलले ४२० पास खेलेको थियो भने अर्जेन्टिनाले ४१९ पास खेलेको थियो । ब्राजिललले ६ कर्नर पाउँदा अर्जेन्टिनाले ४ कर्नर पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले १९ फाउल गरेको थियो भने ब्राजिलले १२ फाउन गरेको थियो । अर्जेन्टिनाका ५ खेलाडीले एलो कार्ड पाउँदा ब्राजिलका २ खेलाडीले एलो कार्ड पाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.