कोपा अमेरिका ब्राजिलका ४ शहरमा, उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्ने

कोपा अमेरिका फुटबलको ४७औं संस्कणका ब्राजिलका ४ शहरमा हुने भएको छ। दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कन्मेबोल)ले १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुने प्रतियोगिता ब्राजिलका ४ शरहका ५ मैदानमा हुने जनाएको छ।

कन्मेबोलका अनुसार प्रतियोगिताका रियो दि जेनेरियोका दुई मैदानमा खेल हुनेछ भने ब्रासिलिया, कुइबा र गोइनिया एक–एक रंगशालामा आयोजना हुने छ। रियो दि जेनेरियोको माराकाना र निल्टन सान्तो स्टेडियममा खेल हुनेछ भने ब्रासिलियाको माने गारिन्चा स्टेडियम, कुइबाको पान्तनाल एरेना तथा गोइनियाको ओलम्पिक स्टेडियममा खेल हुनेछ ।

ब्राजिलले आपतकालिन अवास्थामा कोपा अमेरिका आयोजना गर्न लागेको हो। यसअघि ४७औं संस्करण अर्जेन्टिना र कोलम्बियामा आयोजना हुने तय थियो । कोलम्बियामा सरकारविरोधी अन्दोलन र अर्जेन्टिनामा कोरोनाको दोस्रो लहर फैलिएपछि ब्राजिलले लगातार दोस्रोपटक प्रतियोगिता आयोजनाको अवसर पाएको हो।

यसैबीच कन्मेबोलले प्रतियोगिताका नयाँ तालिका पनि सर्वाजनिक गरेको छ । जसअन्तर्गत उद्घाटन खेलमा समूह बीमा रहेको आयोजक ब्राजिल र भेनेजुएला भिड्ने छन् । यस्तै सोही दिन कोलम्बिया र इक्वेडर पनि भिड्ने छन् ।

यस्तै समूह एमा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् भने समूह बीमा ब्राजिल र भेनेजुएलासँगै कोलम्बिया, इक्वेडर र पेरु छन् । समूहका शीर्ष ४ टिम क्वार्टर फाइनल प्रवेश गर्ने छ्।

प्रतियोगितामा समूह चरणका २० तथा नकआउटका ८ गरी कुल २८ खेल हुनेछ । प्रतियोगितको फाइलन माराकाना स्टेडियममा जुलाई १० मा हुनेछ। आयोजक ब्राजिल प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हो।

Facebook Comments Box