ब्राजिललाई हराउँदै २८ वर्षपछि अर्जेन्टिना च्याम्पियन

अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको छ। आइतबार बिहान रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भएको फाइलनमा आयोजक ब्राजिललाई १–०ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो।

अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा २२औं मिनेटमा एन्जेल डि मारियाले निर्णायक गोल गरे। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए।

खेलमा ब्राजिलले अर्जेन्टिनालाई अधिकांश समय दबाब राखेको थियो । तर, उसले गोल भने गर्न सकेन। दोस्रो हाफमा ब्राजिलका रिचार्लिसनले गोल गरेका थिए, तर भारले सो गोललाई अफसाइटड दिएको थियो ।

खेलमा ब्राजिलले ६० प्रतिशत बल पोजेसन बनाउँदै अर्जेन्टिनाको पोष्टमा १३ सट प्रहार गरेको थियो, जसमध्ये २ सट फ्रेममा थियो। यता, अर्जेन्टिनाले ६ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

योसँगै स्टार मेसीले पनि करिअरको पहिलो उपाधि जितेका छन् । क्लब फुटबलमा सबै उपाधि जितिसकेका ३४ वर्षीय मेसीले करिअरको अन्त्यतरि अन्तर्राष्ट्रिय उपाधि जिते। सर्वाधिक गोलकर्ता मेसीले प्रतियोगितामा ४ गोल र ५ असिस्ट गरेका छन् ।

Facebook Comments Box