कोलम्बियाले कोपा अमेरिकाको आयोजकबाट हात झिक्यो

आगमी महिना आयोजना हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको आयोजकबाट कोलम्बियाले नाम फिर्ता लिएको छ। प्रतियोगिताको सहआयोजकका रुपमा रहेको कोलम्बियाले राजीतिक आन्दोलन चर्किएपछि नाम फिर्ता लिएको हो।

कोपा अमेरिका नजिकिँदै गर्दा कोलम्बियामा सरकारविरोधी आन्दोलन चर्किएपछि उसले प्रतियोगिताको सहआयोजकबाट नाम फिर्ता लिएको हो।

कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त रुपमा आयोजना हुँदै थियो, कोलम्बियाले नाम फिर्ता लिएपछि अब प्रतियोगिता अर्जेन्टिनामा मात्र आयोजना हुने छ।

कोरोना भाइरसको महमारीका कारण १ वर्षपछि परेको प्रतियोगिता १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुनेछ।

Facebook Comments Box