ब्राजिलको प्रशिक्षक बन्लान् ग्वार्डिओला ?

Read Time:2 Minute

कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएको ब्राजिलियन टिम अहिले नयाँ प्रशिक्षकको खोजीमा छ। क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुुटआउटमा पराजित भएसँगै मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएपछि ब्राजिलियन टिम बिहीन छन्।

५ पटकको च्याम्पियन ब्राजिल २ दशकयता उपाधिबाट बन्चित छ। विश्वस्तरीय खेलाडीको बाहुल्य रहेको ब्राजिलियन टिमलाई लिड गर्न विश्वस्तरीय प्रशिक्षककै खोजीमा छ, ब्राजिलियन फुटबल एसोसिएसन।

एसोसिएसनले मुख्य प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलालाई भित्र्याउन चाहेको छ। एसोसिएसनले म्यान्चेस्टर सिटीका स्पेसिन प्रशिक्षक ग्वार्डिओलालाई भित्र्याउने प्रयास थालेको छ।

ब्राजिलियन फुटबल एसोसिएसनका अध्यक्ष इडनाल्डो रोड्रिगेज पनि ग्वार्डिओलालाई ल्याउन सकारात्मक छन्। उनी सन् २०२२÷२३ को सेसनपछि ग्वार्डिओलासँग औचारिक प्रस्ताव गर्ने पक्षमा छन्।

ग्वार्डिओलाले एक महिनाअघि मात्र सिटीसँगको सम्झौता स्न २०२५ सम्मका लागि नवीकरण गरेका थिए। उनलाई ब्राजिलको नयाँ प्रशिक्षकको पहिलो विकल्पका रुपमा हेरिएको छ। यसअघि पनि ब्राजिलले ग्वार्डिओलाई प्रशिक्षक बनाउन चाहेको थियो, तर त्यसका लागि ग्वार्डिओला तयार भएनन्।

ग्वार्डिओलाको विल्कपका बारेमा एसोसिएसन सोचिरहेको छ। उसले ग्वार्डिओला नआएको अवस्थामा पाल्मेइरसका एबल फरेरा पहिलो विकल्प हुनेछन्। उनले पाल्मेइरसलाई २०२० र २०२१मा कोपा लिबेर्टाडोरेस उपाधि दिलाएका थिए।

यस्तै, फ्लुमिनेसका फर्नान्डो डिनिज, ग्रमियोका रेनाटो पोर्टालुपी र साओपाउलोका रोगेरिओ केनीलाई पनि एसोसिएसले सम्भावित प्रशिक्षकको सूचीमा राखेको छ। यस्तै उसले अर्जेन्टाइन प्रशिक्षक जोर्गे साम्पोलीलाई पनि नजिकबाट नियाली रहेको छ। अहिले स्पेसिन क्लब सेभियाका मुख्य प्रशिक्षक रहेका साम्पोलीले ब्राजिलियन क्लब सन्तोष र एट्लेटिको मिनेइरोलाई सफलता दिलाएकाले उनी पनि एसोसिसनको नजरमा छन्।

Happy
Happy
58 %
Sad
Sad
3 %
Excited
Excited
24 %
Sleepy
Sleepy
1 %
Angry
Angry
4 %
Surprise
Surprise
10 %
Previous post कर्मचारीसँग हारे मेयर बालेन
Next post रोनाल्डोको समर्थनमा कोहली
Close