नेमारविनाको ब्राजिलको शानदार जित

आफ्ना स्टार स्ट्राइकर नेमारविना ४६औं संस्करणको कोपाा अमेरिका खेलिरहेको ब्राजिलले प्रतियोगितामा शानदार सुरुवात गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिलले बोलिभियालाई ३–०ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

प्रतियोगिताका अघिको जापानसँगको अभ्यास खेलका क्रममा नेमार घाइते भएपछि ब्राजिल कोपामा स्टार खेलाडीविनै खेलिरहेको छ । कतिपयले कोपामा ब्राजिलको टिममा नेमारको अभाव खड्किने अपेक्षा गरेका थिए, तर ब्राजिलले प्रतियोगिता उत्कृष्ट नतिजा निकाल्दै आफू नेमारविनै उपाधि जित्न सक्षम रहेको छनक दियो ।

ब्राजिललाई शानदार जित दिलाउने क्रममा बार्सिलोनाका स्टार फिलिपे काउटिन्होले २ गोल गरे भने एभर्टन सोरेसले १ गोल गरेका थिए ।

पहिलो हाफमा बोलिभियाले बलियो ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । तर, ५०औं मिनेटमा काउटिन्होले गोल गरेपछि खेलमा ब्राजिललले अग्रता लियो । उनले प्राप्त पेनाल्टीमा गोल गरेका थिए । रिचार्लिसनको प्रहार गरेको बलमा बोलिभियाका खेलाडीले ह्यान्ड गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो ।

पहिलो गोल गरेको ३ मिनेटपछि नै काउटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ५३औं मिनेटमा उनले रोबर्टो फिर्मिन्होको पासमा गोल गरेका थिए । यस्तै, खेल सकिन ५ मिनेट बाँकी छँदा एभर्टनले फर्नान्डिन्होको पासमा गोल गर्दै ब्राजिललाई सहज जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.