च्याम्पियन्स लिगमा रोनाल्डोको गोल उत्कृष्ट, मेसी दोस्रो स्थानमा

शनिबार राति भएको फाइलनमा टोटनह्यामलाई २–०ले पराजित गर्दै लिभरपुलले उपाधि जितेसँगै यस सिजनको युइएफए च्याम्पियन्स लिग फुटबल सकिएको छ ।

च्याम्पियन लिगका १२५ खेलमा ३६६ गोल भए । ती मध्ये क्रिस्टियानो रोनाल्डोको गो च्याम्पियन्स लिगको यो सिजनको उत्कृष्ट गोल भएको छ । युईएफएले च्याम्पियन्स लिगको उत्कृष्ट १० गोल सर्वाजनिक गर्दै रोनाल्डोको गोललाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

रोनाल्डोले युभेन्टसका लागि म्यान्चेस्टर युनाइटेडविरुद्ध समूह चरणको दोस्रो लेगमा भली गोल उत्कृष्ट गोल चुनिएको हो । यसक्रममा रोनाल्डोले मेसीको गोललाई पछि पारे ।

रोनाल्डोको गोल लागतार दोस्रो पटक च्याम्पियन्स लिगको उत्कृष्ट गोल चुनिएको हो । अघिल्लो सिजन रियल म्याड्रिडका लागि युभेन्टसविरुद्ध गरेको ओभरहेड गोल उत्कृष्ट गोल भएको थियो ।

लियोनल मेसीले सेमिफाइलन लिगको पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल दोस्रो स्थानमा रह्यो । यस्तै, उत्कृष्ट गोलको तेस्रो स्थानमा साडियो मानेले अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखविरुद्ध गरेको गोल छ ।

यसैगरी इभन राकाटिकले समूह चरणमा टोटनह्यामविरुद्ध गरेको भली गोल चौथो, समूह चरणमा होफनहिमविरुद्ध लिरोए सानेले गरेको पाचौं, अन्तिम १६ को पहिलो लेगमा केलियन एम्बाप्पेले म्यान्चेस्टर युनाइटेडविरुद्ध गरेको गोल छैठौं, रहिम स्टर्लिङले सख्तर डोनेस्कविरुद्ध समूह चरणमा गरेको सोलो गोल सातौं स्थानमा रहेको छ ।

यस्तै, उस्मान डेम्बेलेले समूह चरणमा टोटनह्यामविरुद्ध गरेको सोलो गोल आठौं स्थानमा रहँदा फिलिपे काउन्टिहोले क्वार्टरफाइलन दोस्रो लेगमा म्यान्चेस्टर युनाइटेडविरुद्ध गरेको भली गोल नवौं र लुइस सुआरेजले सेमिफाइलनको पहिलो लेगमा लिभरपुल विरुद्ध गरेको गोल १०औं स्थानमा रह्यो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.