पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले अझै एक सिजन साउद अरेबियामै बस्ने निर्णय गरेका छन्। गत जनवरीमा सबैलाई आश्चर्यमा पार्दै प्रो लिग क्लब अल नासरमा आबद्ध भएका ३८ वर्षीय रोनाल्डोले अझै एक सिरिज अल नासरमै बस्ने घोषणा गरेका छन्।
अल नासर प्रो लिग उपाधि जित्न असफल भएपछि रोनाल्डोले अल नासर छाड्न सक्ने अड्लक धेरैले गरेका थिए। प्रो लिगमा अल नासर लिग च्याम्पियन अल इतिहादभन्दा ५ अंकपछि पर्दैै दोस्रो बनेको थियो।
तर, बिहीबार एक अन्तवार्ताका क्रममा साउदी प्रो लिग प्रतिस्पर्धात्मक बनेको भन्दै रोनाल्डोले अझै एक सिजन अल नासरमै रहने घोषणा गरेका छन्। सो क्रममा उनले प्रो लिग एक दिन विश्वकै उत्कृष्ट शीर्ष ५ लिगमा पर्न सक्ने बताए।
त्यकास लागि धेरै भन्दा धेरै ठूला स्टारहरूलाई आकर्षित गर्नुपर्ने उनले बताए। पछिल्लो समय लियोन मेसी, करिम बेन्जिमा, सर्जियो बुस्केट्सजस्ता स्टार खेलाडीहरुलाई साउदी क्लबले भित्र्याउन प्रयास गरिरहेका छन्।
‘ठूला खेलाडी, प्रतिभावान युवा खेलाडी, अनुभवी खेलाडीहरू आउँछन् भने हामीले उनीहरूलाई धेरै स्वागत छ। यदि त्यसो भएमा लिग अझ प्रतिमा धेरै सुधार हुनेछ ।’
यो सिजन १६ खेलमा १४ गोल गरेका रोनाल्डोले लिग धेरै राम्रो भएको बताउँदै विश्वकै उत्कृष्ट लिग बन्न पूर्वाधारमा सुधार गर्नुपर्ने बताए। त्यसका लागि राम्रो अवसर भएको बताउँदै उनले लिग प्रतिस्पधात्मक बन्दै गएको र र धेरै राम्रा अरेबियन खेलाडीहरु पनि भएको उल्लेख गरे।
उनले लिगलाई थप उत्कृष्ट बनाउने रेफ्री र भिएआरमा पनि सुधार गर्नुपर्ने बताए। साथै उनले आफू साउदीमा खुशी रहेको पनि बताउ।
‘म यहाँ खुशी छु र निरन्तरता दिन चाहन्छु,ँ उनले भने, ‘उनीहरुले राम्रो काम गर्दै गए अबको पाँच वर्षमा साउदी लिग विश्वकै शीर्ष पाँचमध्ये पर्छ।’