रोनाल्डोको गोलमा युभेन्टस शीर्ष स्थानमा

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा एस रोमालाई हराउँदै युभेन्टस इटालियन सिरी ‘ए’ शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले रोमालाई उसकै मैदानमा २–१ ले हराएको हो ।

युभेन्टसले १९ खेलमा १५ जित, ३ बराबरी र १ हारका साथ ४८ अंक जोडेको छ । अघिल्लो खेलमा इन्टर मिलान लाग्लिअरीसँग बराबरीमा रहेकिएपछि युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । इन्टरको ४६ अंक छ । तेस्रो स्थानमा रहेको लाजियोको ४२ अंक छ भने चौथो स्थानको एट्लान्टाको ३५ अंक छ । ३५ अंक नै जोडेको रोमा पाचौं स्थानमा छ ।

युभेन्ट्सलाई जित दिलाउन मेरिह डेमिरल र रोनाल्डोले गोल गरे । रोमाका लागि डिएगो पेरोटीले सान्त्वना गोल फर्काए । रोमाविरुद्ध युभेन्ट्सले सुरुवाती १० मिनेटमै २ गोल गरेको थियो । तेस्रो मिनेटमै डेमिरलले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले मिरोलेम पियानिचको फ्रिकिक पासमा गोल गरेका थिए ।

१०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । रोमाका जोर्डन भेरेटाउटले पाउलो डिबालालाई डिबक्समा फाउल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो । रोमाले ६८औं मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्कायो ।

एलेक्स सान्द्रोको ह्यान्ड गरेपछि रोमाले पेनाल्टीको मौका पाएको थियो । जसलाई डिएगो पेरोटीले सही सदुपयोग गरे । त्यसपछि दुवै टोलीले लगातार गोल गर्ने अवसर बनाएपनि थप गोल नहुँदा युभेन्ट्स विजयी भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.