रोनाल्डोको कीर्तिमानी गोल, युभेन्ट्सले स्पेजियालाई हरायो

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि इटालियन सिरि ए मा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स विजयी भएको छ। सिरि एअन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ३–०को सहज जित निकाल्यो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउने क्रममा क्रिस्टियानो रोनाल्टडो, अल्भारो मोराटा र फेडेरिको किएसाले गोल गरे । युभेन्ट्सले तीनै गोल दोस्रो हाफमा गरेको थियो।

६१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ७१औं मिनेटमा फेडेरिको किएसाले गोल गरेपछि युभेन्ट्सले अग्रता दोब्बर बनायो । ८९औं मिनेटमा बेन्टानकुरको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दैै युभेन्टसलाई जित दिलाए ।

स्पेजियाविरुद्धको गोलसँगै रोनाल्डोले नयाँ रेडर्क पनि बनाए । उनी लगातार १२औं सिजन युरोपका टप फाइभ लिगमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनी जारी सिजन सिरि एका टप स्कोरर पनि हुन् । यो रोनाल्डोको ६ सयौं लिग खेल थियो ।

जितपछि तेस्रो स्थानको युभेन्ट्सले २४ खेलबाट ४९ अंक जोडेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टर भन्दा ७ अंकले पछि छ भने दोस्रो स्थानको एसी मिलानभन्दा ३ अंकले पछि छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.