युभेन्ट्समा रोनाल्डोको पहिलो फ्रिकिक गोल, युभेट्सको सहज जित

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्सका लागि पहिलो फ्रिकिक गोल गरेका छन् । सन् २०१८मा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स आएयता फ्रिकिकमा गोल गर्न असफल भएका रोनाल्डोले शनिबार राति टुरिनोविरुद्ध फ्रिकिकमा गोल गरे ।

रोनाल्डोले दोस्रो हाफको ६१औं मिनेटमा गोल गरेका थिए । डिबक्सको ठीकबाहिर पाउलो डिबालालाई लगाएपछि प्राप्त फ्रिकिकमा रोनाल्डोले गोल गरेका थिए । फ्रिकिकमा रोनाल्डोले ठीक एकवर्ष पछि गोल गरेका हुन् ।

सन् २०१९को जुलाई ६मा युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्विट्जरल्यानडविरुद्ध फ्रिकिकमा गोल गरेयता रोनाल्डो गोल गर्न असफल थिए । स्विट्रल्यान्डको खेलपछि रोनाल्डोले सबै प्रतियोगतामा गरी ४३ फ्रिकिक प्रहार गरेका थिए ।

क्लब फुटबलमा रोनाल्डोले तीन वर्षपछि फ्रिकिकमा गोल गरेका हुन् । रोनाल्डोले अन्तिम पटक सन् २०१७को नोभेम्बरमा क्लब विश्वकपमा फ्रिकिकमा गोल गरेका थिए ।

रोनाल्डोले टुरिनोविरुद्धको फ्रिकिक गोलसँगै युभेन्ट्समा नयाँ रेडर्क पनि बनाए । जारी सिजन रोनाल्डोको यो सिरि एको २५औं गोल हो । यो गोलसँगै रोनाल्डो प्रिमियर लिग, ला लिगा र सिरि एमा एकैसिजन २५भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यस्तै रोनाल्डो सन् १९६०–६१ युभेन्ट्सका लागि सिरि एमा २५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् १९६०–६१मा युभेट्न्सका ओमार सिभोरीले सिरि एमा २५ गोल गरेका थिए ।

यसैगरी टुरिनोविरुद्ध खेल्दै भेट्रान गोलकिपर जियानलुइजी बुफोनले पनि नयाँ कीर्तिमान बनाए । टुरिनविरुद्धको खेलसँगै बुफोन सिरि एमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । उनले पार्मा र युभेन्ट्सबाट ६४८ सिरि ए खेल खेलेका छन् । यो क्रममा उनले एसी मिलानका लिजेन्ड पाउलो माल्दिनीको कीर्तिमान भंग गरेका हुन् ।

रोनाल्डोले फ्रिकिकमा गोल गरेका खेलमा युभेन्ट्सले टुरिनोमाथि ४–१को सहज जित निकाल्यो । युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र जुवान कोर्डाडोले एक एक गोल गरे । टुरिनोको आन्द्रे बेलोट्टीले एक गोल फर्काउँदा कोफी डिज्जीले एक आत्मघाती गोल गरे ।

घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा जुवानले गोल गर्दा युभेन्ट्स २–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा टोरिनोका बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै युभेन्ट्सलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा टोरिनोका कोफीले आत्मघाती गोल गर्दा युभेन्ट्सले ४–१ को जित निकाल्यो ।

जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । उसको ७५ अंक छ । एक खेल कम खेलेको लाजियोको ६८ अंकका दोस्रो स्थानमा छ । टोरिनो ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP