रोनाल्डोले रेकर्ड बनाउँदा युभेन्ट्स विजयी

कोरोना भाइरसका कारण रोकिएको सिरि ए आइतबारबाट पुनः सुरु भएको छ । पुनः सुरु भएको लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्स विजयी भएको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–०ले हरायो ।

युभेन्टसलाई जित दिलाउने क्रममा पोर्चुगिज स्ट्रार स्ट्राइरक क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे । कोरोना भाइरसको महामारी पछि सुरु भएको फुटबलमा युभेन्ट्स तेस्रो खेलमा गोल गर्न सफल भयो । यअसघि कोपा इटालियको दुई खेलमा युभेन्ट्स गोल गर्न असफल भएको थियो ।

२३औं मिनेटमा रोनाल्डोको गोलमा युभेन्ट्सले अग्रता लियो । उनले पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै रानाल्डोले सिरि एमा एउटा नयाँ रेडर्क आफ्नो नाममा लेखाए । दुई सिजनमा कुल ४३ गोल गरेका रोनाल्डो सिरि एमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् । यसअघि यो रेकर्ड रुइ कोस्टाको नाममा थियो । यो सिजनमात्रै रोनाल्डोले सिरि एमा २२ गोल गरिसकेका छन् ।

३६औं मिनेटमा पाउलो डिबालाले गोल गरेपछि पहिलो हाफमै युभेन्ट्सले २–०को अग्रता लियो । बोलोग्नाको मैदानमा भएको खेलमा दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । युभेन्ट्सले खेलको अन्त्य भने १० खेलाडीमा रहेर ग¥यो । सफ्टिच्युटका रुपमा मैदान छिरेका डिफेन्डर डानिलो दोस्रो हाफको इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।

जितपछि युभेन्ट्सले शीर्ष स्थानमा ४ अंकका अग्रता बनाएको छ । २७ खेलमा युभेन्ट्सका ६६ अंक छ भने १ खेल कम खेलेको लाजियोको ६२ अंक छ । बोलोग्ना भने ३४ अंकका साथ १०औं स्थानमा छ ।

यसैगरी सोमबार राति नै भएका अन्य खेलमा एसी मिलानले लेस्सेलाई ४–१ले पारजित गर्दा फियोरेन्टिना र बेरेसियाले १–१ गोलको बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.