रोनाल्डोले गोल गर्दा पनि हार्‍यो युभेन्ट्स

पोर्चुगिज स्टार स्ट्राइरक क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा पनि उनको क्लब युभेन्ट्स पराजित भएको छ । सिरि एअन्तर्गत मंगबार राति भएको खेलमा रोनाल्डोले गोल गरेपनि युभेन्ट्स एसी मिलानसँग ४–२ले स्तब्ध भयो ।

मिलानको घरेलु मैदानमा युभेन्ट्स २ गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । मिलानले २–०ले पछि परेको अवस्था उल्टाउन उत्कृष्ट कमब्याक जित निकाल्यो । मिलानको जितमा ज्लाटन इब्राहिमोभिच, एन्टी रेविच, फ्रेंक किसी र राफेल लिओले गोल गरेका थिए भने युभेन्ट्सका एड्रियन राबिओट र रोनाल्डोले गोल गरेका थिए ।

यी दुईबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने ६ गोल सम्भव भयो । दोस्रो हाफ सुरु भएको १० मिनेटभित्रै २ गोल गर्दै युभेन्टसले खेल आफ्नो पकडमा ल्याएको थियो । राबिओटले ४७ र रोनाल्डोले ५३औं मिनेटमा गोल गरेका थिए ।

तर, ५ मिनेटभित्र ३ गोल गर्दै एसी मिलानले खेल युभेन्ट्सको हातबाट खोस्यो । ६२औं मिनेटमा इब्राहिमोभिचले पेनाल्टी गोल गर्दै मिलानलाई खेलमा फर्काएका थिए । ६६औं मिनेटमा किसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । १ मिनेटपछि नै लिओले गोल गरेपछि मिलानले खेलमा ३–२को अग्रता लियो । ८०औं मिनेटमा युभेन्ट्सको डिफेन्सको गल्तीको फइदा उठाउँदै रेविचले गोल गरेपछि युभेन्ट्सले ४–२ले स्तब्ध भयो ।

यसैगरी मंगलबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजियो लिस्सेसँग २–१ले पराजित भएको छ । यसको फाइदा युभेन्ट्सलाई भएको छ । लाजियो पराजित हुँदा युभेन्ट्सले शीर्ष स्थानमा ७ अंकको अग्रता कायमै राख्यो ।

समान ३१ खेलमा युभेन्ट्सको ६५ अंक छ भने लाजियोको ५८ अंक छ । ६४ अंक जोडेको इन्टर मिलान तेस्रो र ६३ अंकका साथ एट्लान्टा चौथो स्थानमा छ । ४९ अंकका साथ एसी मिलान पाचौं स्थानमा उलिक्एको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP