
रोनाल्डो बने ८ सय गोल गर्ने पहिलो फुटबलर
३६ वर्षीय पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो सिनियर फुटबल करिअरमा ८ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
इंग्लिस प्रियिमर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलविरुद्ध ५२औं मिनेटमा गोल गरेसँगै रोनाल्डो ८ सय गोल गर्ने पहिलो र एकमात्र फुटबलर बनेका हुन्। सो खेलमा रोनाल्डोले २ गोल गरेपछि युनाइटेड ३–२ले विजयी भएको थियो।
रोनाल्डोले १ हजार ९५ खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । यो सूचीमा रोनाल्डोभन्दा ७५९ गोल गरेका जोसेफ बिकान र ७५७ गोल गरेका पेपे छन्।
रोनाल्डोले क्लब फुटबलमा ९११ खेल खेल्दै ६८६ गोल गरेका छन् भने पोर्चुगिज टिमका लागि १८४ खेल खेल्दै ११५ गोल गरेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन्।

रोनाल्डाले क्लब फुटबलमा स्पोर्टिङ सिपीबाट ५ गोल गर्दा युभेन्ट्सबाट १०१, युनाइटेडबाट १२९ गोल गरेका छन् भने रियल मड्रिडबाट सर्वाधिक ४५० गोल गरेका छन्।
८०१ गोलमध्ये रोनाल्डोले ५१० गोल दायाँ खुट्टाले गरेका छन् भने १४९ गोल बायाँ खुट्टाले गरेका छन्। यस्तै रोनाल्डोल १४० गोल हेडिङबाट गरेका छन्। रोनाल्डोले आफ्नो करिअरमा १४२ गोल पेनाल्टीमा गरेका छन् फ्रिकिकबाट सिधै ५७ गोल गरेका छन्।
रोनाल्डोले पहिलो हाफमा ३५१ गोल गर्दा दोस्रो हाफमा ४४४ गोल गरेका छन् । उनले इन्जुरी समयमा ६ गोल गरेका छन्। रोनाल्डोले खेलका हरेक मिनेटमा गोल गरेका छन्। ६८५ गोल डिबक्स भित्रबाट गरेका रोनाल्डोले डिबक्स बाहिरबाट ११६ गोल गरेका छन्।