एसी मिलानलाई हराउँदै युभेन्ट्स फाइनलमा, पेनाल्टीमा चुके रोनाल्डो

एसी मिलानलाई पराजित गर्दै युभेन्टस इटालीको पुरानो क्लब फुटबल प्रतियोगिता कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । एलिनाज रंगशालामा शुक्रबार राति भएको सेमिफाइनलको दोस्रो लेग गोलरहित बरारबीमा सकिए पनि युभेन्ट्स अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो ।

एसी मिलनेको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । सोही बराबरी युभेन्टसले १९ औं पटक फाइलन पु¥याउन पर्याप्त भयो । अब युभेन्ट्सले नापोली र इन्टर मिलानबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

घरेलु मैदानमा युभेन्टसले खेलमा राम्रै पडक बनायो र थुप्रै आक्रमण पनि ग¥यो, तर गोल भने गर्न असफल रह्यो । पोर्चुगित स्टार क्रिस्टियानो रानाल्डो सुरुवातै प्राप्त पेनाल्टीमा गोल गर्न चुक्दा युभेन्ट्सले अग्रता लिने अवसर गुमाएको थियो । खेलको १६औं मिनेटमा रोनाल्डोले प्रहार गरेको पेनाल्टी पोस्टमा लाग्दै बाहिरिएको थियो ।

लगत्तै एसी मिलान १० खेलाडीमा सीमित भयो । युभेन्टस डिफेन्डर डानिलोलाई फाउल गरेपछि स्ट्राइकर एन्टी रेबिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि एसी मिलान दबाबमा आएको थियो, तर युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन । दोस्रो हाफको अन्तिम २० मिनेट भने एसी मिलानले उत्कृष्ट खेल पस्कँदै युभेन्ट्सलाई दबाबमा राखेको थियो ।

खेलमा युभेन्ट्सले ७० प्रतिशत बल पोजेसन बनाएको थियो । उसले मिलानको पोस्टमा २६ सट प्रहार गरेकोमा ६ सट फ्रेममा थियो । यता, मिलानले ६ सट प्रहार गर्दा २ सटमात्र फ्रेममा थियो ।

कोपा इटालियाको खेलसँगै इटालीमा फुटबल सुरु भएको छ । कोरोना भाइरसका कारण इटालीमा तीन महिनादेखि फुटबल गतिविधि ठप्प छ । रोकिएको सिरि ए जुन २०बाट सुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP