रोनाल्डोविनाको युभेन्टसको सिरि एमा पहिलो हार

आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रिएको लिग लिडर युभेन्टस ले जारी सिजन सिरि एमा पहिलो हारको सामाना गरेको छ ।

रोनाल्डोको आराम दिइएको खेलमा युभेन्टस जिनोआसँग अप्रत्यासित रुपमा २–० ले पराजित भयो । योसँगै युरोपका उत्कृष्ट ५ लिगको एक्लो अपराजित टिम युभेन्टसको विजयी यात्रामा पनि पूर्णविराम लागेको छ ।

घरेलु मौदनमा भएको खेलमा ७२औं मिनेटमा स्टेफानो स्टुरानोको गोलमा जिनोआले सुरुवाती अग्रता लिएको थियो । उनले डिबक्स बाहिरबाट उत्कृट गोल गरेका थिए । ८१औं मिनेटमा गारोन पान्डेवले आकर्षक गोल गर्दै युभेन्टसलाई सिजनको पहिलो हार चखाए ।

यो हारपछि युभेन्टस २८ खेलमा ७५ अंकसहित शीर्ष स्थानमा यथावत छ । उसले शीर्ष स्थानमा १५ अंकको अग्रता कायम गरेको छ । ६० अंकका साथ नेपोली दोस्रो र ५३ अंकका साथ इन्टर मिलान तेस्रो स्थानमा छ ।

खेलमा ६० प्रतिशन बल पोजेसन बनाएको युभेन्ट्सले जिनोआको पोस्टमा ६ सट प्रहार गरेपनि कुनैपनि सट फ्रेममा प्रहार गर्न भने सकेन । यता, जिनोआले १८ सटमध्ये ५ सट टार्गेटमा प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *