रोनाल्डोको गोलमा युभेन्ट्सले जेनोआलाई हरायो

इटालियन सिरि एमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो गोलको यात्रालाई मंगलबार राति पनि निरन्तरता दिए । मंगलबार राति भएको खेलमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्सले जेनोआमाथि ३–१को जित निकाल्यो ।

युभेन्टसको जिमा पाउल डिबाला, क्रिष्टियानो रोनाल्डो र डउग्लस कोष्टाले गोल गरे। यता, जेनोआका आन्द्रेय पिनामोन्टीले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको थियो । चारै गोल दोस्रो हाफमा सम्भव भयो ।

५०औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई १–० गोलको अग्रता दिलाए। त्यसको ६ मिनेटपछि रोनाल्डोले गोल गरेसँगै युभेन्टसले २–० गोलको अग्रता बनायो। ७३औं मिनेटमा कोष्टाले गोल गरेपछि युभेन्टसको अग्रता ३–० मा पुगेको थियो तर त्यसको तीन मिनेटपछि पिनामोन्टीले गोल गर्दै जेनोआलाई ३–१ गोलको स्थितिमा ल्याए।

कोरोना भाइरसको महामारी पछि सुरु भएपछिका लिगका सबै खेलमा रोनाल्डो गोल गर्न सफल छन् । जेनाआविरुद्धको गोलसँगै रोनाल्डोले सिरि एमा कुल २४ गोल गरेका छन्, सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । यो सिजन रोनाल्डोले सबै प्रतियोगितामा गरी कुल २८ गोल गरेका छन् ।

जितसँगै शीर्ष स्थानमा रहेको युभेन्टसको २९ खेलबाट ७२ अंक छ। दोस्रो स्थानमा रहेको लाजियोको समान खेलबाट ६८ अंक छ। मंगलबार राति नै भएको खेलमा लाजियोले टोरिनोलाई २–१ गोलअन्तरले पराजित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *