रोनाल्डोको कीर्तिमान बनाउँदा पोर्चुगल विजयी

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि युईएफए नेसन्स लिगमा पोर्चुगलले लागतार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगलले स्वीडेनलाई २–०ले हरायो ।

स्वीडेनविरुद्धको दुई गोलसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोलको आँकडा पार गर्ने पहिलो युरोपिनयन खेलाडीको कीर्तिमान बनाए । अब उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने अली दाइको कीर्तिमान तोड्नबाट ९ गोलमात्र टाढा छन् ।

नेसन्स लिगमा पोर्चुगललाई लगातार दोस्रो जित दिलाउने क्रममा रोनाल्डोले दुवै हाफमा गोल गरेका थिए । उनले पहिलो हाफ सकिर्न लाग्दा फ्रिकिकमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । डिबक्सको ठिक बाहिर जोआ माउन्टिहोलाई फाल गरेपछि प्राप्त फ्रिकिकमा रोनाल्डोले ४५औं मिनेटमा गोल गरेका थिए । यो उनको १ सयौं गोल थिए ।

पहिलो हाफमै स्वीडेन १० खेलाडीमा सीमित बनेको थियो । माउन्टिहोलाई फाउल गरेपछि ४४औं मिनेटमा गुस्ताभ सेभेन्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए ।

खेलको अधिकांश समय स्वीडेनलाई दबाबमा राखेको थियो । जोआ फेलिक्सको पासमा ७२औं मिनेटमा रोनाल्डोले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा पोर्चुगल विजयी भयो। पहिलो हाफमै रोनाल्डोको दुई उत्कृष्ट प्रहार स्वीडेनका किपरले बचाएका थिए भने दोस्रो हाफमा जोआ फेलिक्सको एक प्रहार किपरले बचाएका थिए ।

अघिल्लो खेलमा क्रोएसियालाई पराजित गरेको पोर्चुगल लगातार दोस्रो जितसहित लिग एको समूह–३को शीर्ष स्थानमा रह्यो । उसको ६ अंक छ । ६ अंक नै जोडेको फ्रान्स दोस्रो स्थानमा छ भने स्वीडेन र क्रोएसिया अंकबिहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP