रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

पोर्चुगिज स्टार स्ट्राइकर क्रस्टियानो रोनाल्डोले सिजनको पहिलो खेलमै गोल गरेपछि युभेन्ट्सले इटालियन सिरि एमा विजयी सुरुवात गरेको छ । रोनाल्डोले गोल र असिस्ट दुवै गरेपछि डिफेन्डिङ च्याम्पियन युभेन्टसले साम्पडोरियालाई ३–०ले पराजित गर्दै सिरि एमा विजयी सुरुवात गरेको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोसँगै डेजान कुलुसेवस्की र लियोनादो बोनुचीले गोल गरे । युभेन्ट्सले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि डेजान कुलुसेवस्कीले रोनाल्डोको पासमा १३औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । एट्लान्टाबाट यसैसिजन युभेन्ट्स आएका युवा स्वीडिस स्ट्राइकर कुलुसेवस्कीले डेब्यू खेलमै गोल गरे ।

दुवै टिमले अन्य गोलका थुप्रै प्रयास गरेपनि पहिलो हाफ १–०मै सकियो । ७८औं मिनेटमा बोनुचीले वेस्टन मेकेनीको प्रहार साम्पडोरियाका किपरमा डिफ्लेक्ठ भएको आएको बलमा गोल गरेका थिए। ८८औं मिनेटमा आरोन राम्सीको पासमा रोनाल्डोले गोल गर्दै टिमको ३–०को जित निश्चित गरे ।

प्रशिक्षकका रुपमा आन्द्रे पिर्लोले पनि सुखद् सुरुवात गरेका छन् । गत सिजनको अन्त्यसँगै प्रश्क्षिक माउरिसियो सारी बखास्तीमा परेपछि युभेट्न्सकै यू–२१ टिमको प्रशिक्षक रहेका पिर्लो सिनियर टिमको प्रशिक्षक बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP