युनाइटेडमा रोनाल्डोले ७ नम्बरकै जर्सी लगाउने

Read Time:2 मिनेट

१२ वर्षपछि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युनाइटेडमा ७ नम्बरकै जर्सी लगाउने भएका छन्। रोनाल्डो गत शुक्रबार मात्र इटालियन क्लब युभेन्ट्सबाट १२ वर्षपछि युनाइटेड फर्किएका थिए।

युनाइटेडले बिहीबार रोनाल्डोले ७ नम्बरको आइकोनिक जर्सी दिने घोषणा गरेको हो। युनाइटेडमा ७ नम्बरको जर्सी लगाइरहेका इडिन्सन काभानीलाई २१ नम्बरको जर्सी दिएर युनाइटेडले रोनाल्डोलाई ७ नम्बरको जर्सी दिएको हो। समर ट्रान्सफरको अन्तिम दिन डानियल जेम्स लिड्स युनाइटेड भएपछि २१ नम्बरको जर्सी युनाइटेडमा खाली थियो।

यो सिजन प्रिमियर लिगमा ७ नम्बरको जर्सी काभानीकै नाममा दर्ता थियो। यसअघि प्रिमियर लिगमा एक खेलाडीका नाममा दर्ता भएको जर्सी नम्बरको अर्कोलाई दिन उक्त खेलाडी क्लब छाडेको हुनुपर्ने वा दिवंगत भएको हुनुपर्ने थियो।

तर, सुपरस्टार रोनाल्डोले ७ नम्बरको जर्सी दिने प्रिमियर लिग आफ्नो नियम नै परिवर्तन गरेको छ। काभनी क्लबमै रहेको अवस्थामा रोनाल्डोले ७ नम्बरको जर्सी नपाउने भएपछि युनाइडेटको विशेष आग्रहमा इपिएलले नियम परिवर्तन गरेको हो। अब स्वेछाले खेलाडी जर्सी त्याग गरे दर्ता भएको अवस्थामा पनि त्यो जर्सी अर्को खेलाडीले लगाउने पाउने छ।

यसअघि पनि रोनाल्डोले युनाइटेडमा ७ नम्बरको जर्सी लगाएका थिए। पछिल्लो एक दशक यता रोनाल्डो ७ नम्बरकै जर्सीमा देखिँदै आएका छन्। उनले सोही नम्बरमा सिआर ७ नामको ब्रान्ड नै बनाएका छन्।

यसअचि रोनाल्डोले सन् २००३ देखि सन् २००९सम्म युनाइटेडमा खेल्दा २९२ खेलमा ११८ गोल गरेका थिए । ६ सिजन ओल्ड ट्राफोर्डमा बिताउँदा उनले च्याम्पियन्स लिग, प्रिमियर लिगलगायत उपाधि जितेका थिए भने बालोल डेअर पनि जितेका थिए।

इन्टरनेशनल ब्रेकमा रहेका रोनाल्डोले सेप्टेम्बर ११ मा हुने न्युकासलविरुद्धको खेलमार्फत् युनाइटेडमा दोस्रो इनिङ सुरु गर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल र भारतकाे रोमाञ्चक बराबरी (फाेटाे फिचर)
Next post एभर्टनको गोलमा विश्वकप छनोटमा ब्राजिलको लागतार सातौं जित
Close