रोनाल्डो भन्छन्– कीर्तिमानले मलाई पछ्याउँछ, मैले होइन

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रानाल्डो अहिले फुटबल करिअरको उत्तरार्धतिर छन्, तर उनको फर्म अहिले पनि २० वर्षीय युवाको जस्तै छ। रत उनले ३६ वर्षको उमेरको इटालियन सिरि एमा सर्वाधिक गोल गर्दै गोल्डेन बल जिते । युरोपका ठूला तीन लिगमा गोल्डेन बल जित्ने कीर्तिमान बनाए ।

युरोपको तयारीमा रहेका ३६ वर्षीय रोनाल्डोले आफू कहिल्यै कीर्तिमानको पछि नलागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कहिल्यै कीर्तिमानको पछि लागिनँ । मैले मैदानभित्र र बाहिर मेहनत गरेँ, कीर्तिमान मेरो पछि लाग्यो ।’

रोनाल्डोले फुटबल सामूहिक खेल हो, तर त्यो व्यक्तिगत उत्कृष्ट प्रदर्शनको सहयोगमै टोलीले उपलब्धी हासिल गर्ने बताएका छन् ।

यही सिजन रोनाल्डोले युरोपका तीन ठूला लिगमा लिग, कप र सुपर कप जित्ने कीर्तिमान बताएका थिए । यस्तै उनले युरोपका तीन ठूला लिगमा एक सय गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए । रोनाल्डोले आफूले प्रतिनिधितत गरेको क्लबमा कोशेढुंगा बनाउँदा खुशी लाग्ने उनले बताउँदै अन्तिम दिनसम्म पनि यस्तै प्रयास गर्ने बताएका छन्।

सन् २०१८मा रियल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डोले आफूले क्लब आउँदा राखेको लक्ष्य पुरा भएको उल्लेख गर्दै आफू युभेन्ट्समा सफल भएको बताएका छन् ।

क्लब छाड्ने चर्चा चलिरहेका बेला आएको रोनाल्डो यो अभिव्यक्तिले पनि त्यो चर्चा सत्य भएको पुष्टि गर्छ । उनलाई भित्र्याउन उनकै पूर्वक्लब रियल मड्रिड, म्यान्चेस्टर युनाइटेड र पिएसजी पनि लागि परेका छन्।

रोनाल्डोले युभेन्ट्समा २ सिरी ए, कोपा इटालिया र २ इटालियन सुपर कप उपाधि जितेका छन् । रोनाल्डोले यो वर्ष सिरी ए जित्न नसके पनि इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ताको अवार्ड जितेमा खुशी व्यक्त गरेका छन् ।

रोनाल्डोले इटालियन सुपर कप, इटालियन कप र सिरी ए सर्वाधिक गोलकर्ता जित्नु कठीन भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो सबै उपब्धिमा मैले आफ्नो लक्ष्य प्राप्त गरेको छु । मैले इटाली आएको पहिलो दिनबाट आफ्नो लक्ष्य प्रष्ट गरेको थिएँ । लिग च्याम्पियसिप, लिग कप र सुपर कप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जितें ।’

Facebook Comments Box