पोर्चुगिज सुपस्टार क्रिस्टियानो रोनाल्डो खेलको अन्त्यतिर गरेको गोल मद्दतमा अल नासर अरब च्याम्पियन्स कपको नकआउट चरणमा प्रवेश गरेको छ।
रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि अल नासरले समूहको अन्तिम खेलमा इजिप्टको क्लब जमालेकलाई १–१को बरारबीमा रोक्यो । यो बराबरीसँगै अल नासर समूहमा दोस्रो हुँदै क्वाटरफाइनल पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४औं मिनेटमा जिजोले पेनाल्टीमा गोल गर्दै जामालेलाई अग्रता दिलाए। तर, रोनाल्डोले ८७औं मिनेटमा हेडरमार्फत बराबरी गोल गर्दै अल नासरलाई क्वाटरफाइनलमा प्रवेश गराए।
यो खेलमा अल नासर पराजित भएको अवस्थामा जामालेक समूह उपविजेता बन्दै नकआउटमा पुग्ने थियो। यही खेलमार्फत सेनेगल तथा लिभरपुलका स्टार साडियो मानेले अल नासरका लागि डेब्यू गरेका छन्। उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
समूह सीमा ३ खेलमा ५ अंक जोड्दा अल सबाब ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रह्यो। अल नासरले अब ६ अगस्टमा हुने क्वाटरफाइनलमा मोरक्कोको राजा एफसीसँग खेल्नेछ।