रोनाल्डोको आर्मब्यान्ड ६४ हजार युरोमा बिक्यो

पोर्चुगिच स्ट्रार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आर्मब्यान्ड ६४ हजार लिलामीमा भएको छ। विश्वकपको युरोपियन छनोटअन्तर्गत सर्वियाविरुद्धको खेलमा रोनाल्डोले प्रयोग गरेको आर्मब्यान्ड ६ महिने सर्बियन बालकको उपचारका लागि लिलामी राखिएको थियो ।

रोनाल्डोको उक्त आर्मब्यान्ड सर्बियाकै स्थानीय मानवीय सेवामा काम गर्दै एक संस्थाले ६४ हजार युरोमा किनेको बताइएको छ। ६ महिने सर्बियन बालक गाव्रिल डुडेभिचको उपचारका लागि रोनाल्डोको आर्मब्यान्ड लिलामीमा राखिएको थियो। उनको मेरुदण्डको मांशपेसीमा गम्भीर समस्या देखिएको छ । उनको अप्रेशनका लागि २.५ मिलियन युरो लाग्ने बताएको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत गत आइतबार भएको सर्बियासँग अन्तिम मिनेटमा आफूले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले आर्मब्यान्ड खोलेर फालेरका थियो । सोही आर्मब्यान्ड लिलामीमा राखिन लागेको छ । रेफ्रिले गोल मान्यता नदिएपछि पोर्चुगल सर्बियासँग २–२ गोलको बराबरी रोकिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.