६ महिने बालकको उपचारका लागि रोनाल्डोको आर्मब्यान्ड लिलामीमा

पोर्चुगिच स्ट्रार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको आर्मब्यान्ड लिलामीमा राखिने भएको छ। विश्वकपको युरोपियन छनोटअन्तर्गत सर्वियाविरुद्धको खेलमा रोनाल्डोले प्रयोग गरेको आर्मब्यान्ड ६ महिने बालकको उपचारका लागि लिलामी गरिने भएको हो ।

६ महिने सर्बियन बालक गाव्रिल डुडेभिचको उपचारका लागि रोनाल्डोको आर्मब्यान्ड लिलामी हुन लागेको हो। उनको मेरुदण्डको मांशपेसीमा गम्भीर समस्या देखिएको छ । उनको अप्रेशनका लागि २.५ मिलियन युरो लाग्ने बताएको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत गत आइतबार भएको सर्बियासँग अन्तिम मिनेटमा आफूले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले आर्मब्यान्ड खोलेर फालेरका थियो । सोही आर्मब्यान्ड लिलामीमा राखिन लागेको छ । रेफ्रिले गोल मान्यता नदिएपछि पोर्चुगल सर्बियासँग २–२ गोलको बराबरी रोकिएको थियो ।

रोनाल्डोको आर्मब्यान्ड आजैबाट लिलामीमा राखिएको छ । अनलाइनमार्फत हुने लिलामी दिनसम्म चल्ने । सर्वाधिक रकम दिनेलाई सो आर्मब्यान्ड दिइनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.