रोनाल्डोको ह्याट्रिकमा खुसी छन् सारी

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सन् २०२० को पहिलो खेलमै ह्याट्रिक गरे पछि युभेन्टसका प्रशिक्षक माउसियो सारी औधी खुसी छन् । सन् २०२० को पहिलो खेलमा सिरी एमा काग्लिअरीविरुद्ध युभेन्टसलाई ४–०को जित दिलाउने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

रोनाल्डोले नयाँ वर्षको सुरुवात ह्याट्रिकबाट गर्दा आफू एकदमै खुसी भएको प्रशिक्षक सारीले बताएका छन् । ‘पछिल्लो समय उनको घुँडामा केही समस्या थियो, उनी त्यसबाट मुक्त भएका छन् । त्यसको छनक काग्लिअरीविरुद्धको खेलमा देखियो ।’ सारीले भने, ‘पूर्णरुपमा फिट हुँदा उनी पनि खुसी छन् र क्लब तथा व्यक्तिगत रुपमा म पनि ज्यादै खुसी छु ।’

घुँडाकै चोटका कारण रोनाल्डो गत नोभेम्बरमा लागतार ३ खेलमा गोलबिहीन बनेका थिए । यस्तै, उनी दुई खेलमा सब्फ्टीच्यूट पनि भएका थिए ।

रोनाल्डो अब पूर्ण रुपमा फिट भएको सारीले बताएका छन् । साथै उनले रोनाल्डो अब आफ्नो उत्कृष्ट खेल पस्कनका लागि तयार रहेको पनि बताए । ‘अब उनमा कुनै समस्या छैन, उनी शारिरीक र मासिक दुवै रुपमा पूर्ण फिट छन्,’ युभेन्टस प्रशिक्षक सारीले भने ।

‘अहिले म एकदमै खुसी किनभने रोनाल्डोको घुँडामा कुनै समस्या छैन । अब उनी आफ्नो शतप्रतिशत खेल देखाउन सक्छन्,’ काग्लिअरीविरुद्धको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै सारीले भने, ‘रोनाल्डो फिट हुनु हाम्रा लागि निकै महत्वपूर्ण छ, किनकी उनी एक्लै खेल जिताउने क्षमता राख्छन् ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.