मोड्रिच चम्किँदा क्रोएसिया नकआउट चरणमा

लुका मोड्रिचले पुनः एक पटक उत्कृष्ट प्रदर्शन गरे गर्दै क्रोएसियालाई जित दिलाएका छन् । युरोकप अन्तर्गत मंगलबार राति भएको खेलमा मोड्रिचले गोल र असिस्ट गरेपछि स्कटल्यान्डमाथि ३–१को जित निकाल्दै क्रोएसिया नकआउट चरण प्रवेश गरेको छ ।

समूह डीमा १ जित र १ बराबरीसहित ४ अंक जोड्को क्रोएसिया गोलअन्तरमा चेक रिपब्लिकलाई पछि पार्दै समूमा दोस्रो भयो । ४ अंक नै जोडेको चेक पनि तेस्रो स्थानको उत्कृष्ट चारमा रहँदै नकआउट चरण पुग्यो । यता, क्रोएसिया पराजित भएको स्कटल्यान्ड भने बाहिरियो।

क्रोएसियाको जितमा मोड्रिच, पेरेसिच र भ्लासिचले गोल गरे भने कलुम म्याग्रेगोरले गोल गरे । क्रोएसियाले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

१७औं मिनेटमा भ्लासिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । उनले पेरेसिचको पासमा गोल गरेका थिए । तर, ४२औं मिनटमा म्याकग्रेथोरले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर मोडि«चले ६२औं मिनेटमा मेटियो कोभासिचको पासमा गोल गर्दै क्रोसियालाई अग्रता दिलाए । यो गोलसँगै मोड्रिच क्रोसियाका लागि युरोकपमा गोल गर्ने कान्छा र बुढा खेलाडी पनि बनेका छन् । उनले सन् २००८मा २२ वर्ष २७३ दिनमा अस्ट्रियाविरुद्ध गोल गरेका थिए भने स्कटल्यानडविरुद्ध गोलन गर्दा ३५ वर्ष २९८ दिनका थिए । यस्तै, उनी युरोकपका फरक तीन संस्करणमा गोल गर्ने पहिलो क्रोएसियन खेलाडी पनि बनेका छन् । उलने सन् २००८, २०११ र २०१६मा गोल गरेका छन्।

त्यसपछि मोड्रिचकै पासमा पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया ३–१ले विजयी भयो ।

Facebook Comments Box