युरोकपका लागि क्रोएसिया र पोल्यान्डको टिम घोषणा

जुन ११ देखि जुलाई ११सम्म युरोपका विभिन्न ११ सहरमा आयोजना हुने युरोकप फुटबल प्रतियोगिताका लागि क्रोएसिया र पोल्यान्ड आ–आफ्नो टिम घोषणा गरेका छन्।

क्रोएसियाले भेट्रान मिडफिल्डर लुका मोड्रिचको नेतृत्वमा र पोल्यान्डले स्ट्राइकर रोबर्ड लेवान्डोस्कीको नेतृत्वमा २६ सदस्यी टिम घोषणा गरेका हुन् ।

प्रशिक्षक ज्लाट्को डालिचले घोषणा गरेको टिममा मोड्रिचसँगै मेटिओ कोभासिच, इभान पेरसिच, मार्सेलो ब्रोजोभिच, एन्टे रेबिच, एन्ड्रेज क्रामारिच, डेजन लोभ्रेनलगायत खेलाडी छन् ।

यस्तै प्रशिक्षक स्टेभन ट्राकोभिचले घोषणा गरेको २६ सदस्यीय टिममा लेवान्डोस्कीसँगै अर्काडिउस मिलिक, पिटर जिलेन्सी, म्यासिएज रिबसलगायत छन्।

युरोकपमा क्रोएसिया समूह डीमा छ । यो समूहमा क्रोएसियासँगै इंग्ल्यान्ड, चेक रिपब्लिक र स्कटल्यान्ड छन् । क्रोएसियाले जुन १३ मा इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। यस्तै, जुन १८मा चेक रिपब्लिक र २३ मा स्कटल्यान्डसँग खेल्ने छ।

स्पेन, स्लोभाकिया र स्वीडेनसँगै पोल्यान्ड युरोकपको समूह इमा छ । यो समूहलाई ग्रुप अफ डेथका रुपमा पनि हेरिहएको छ। पोल्यान्ड पहिलो खेल स्लोभाकियासँग जुन १४ मा खेल्ने छ। यस्तै, जुन २०मा स्पेन र जुन २३ मा स्वीडेनसँग खेल्ने छ।

Facebook Comments Box