क्रोएसियाका पेरेसिचलाई कोराेना संक्रमण, स्पेनविरुद्धको खेल गुमाउने

क्रोएसियन विंगर इभान पेरेसिचलाई कोरोना संक्रमण देखिएको छ। जारी युरोकपको अन्तिम १६मा स्पेनविरुद्ध खेल्नुअघि गरिएको परीक्षणमा पेरेसिचल कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएपछि पेरेसिचले स्पेनविरुद्धको अन्तिम १६को खेल गुमाउने भएका छन् । क्रोएसियाले सोमबार कोपनहेगनमा स्पेनविरुद्ध खेल्दै छ।

कोरोना संक्रमण देखिएपछि ३२ वर्षीय विंगर पेरिसिचले १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने छ । समूह सीको अन्तिम खेलमा स्टकल्यान्डविरुद्ध पेरेसिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले १ गोल र असिस्ट गरेका थिए ।

पेरेसिचलाई संक्रमण देखिए पनि अन्य खेलाडी र अफिसिलको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

Facebook Comments Box