क्रिस्टल प्यालेसको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा लिभपुलले सानदार जित निकालेको छ । शनिबार राति लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ७–०ले हरायो ।

लिभरपुललाई सानदार जित दिलाउने क्रममा मोहम्मद सलाह, रोबर्टो फिर्मिन्होले समान २ गोल गरे भने टाकुमी मिनामिनो, साडियो माने, जोर्डन हेन्डर्सनले समान १ गोल गरे ।

लिभपुरलले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो । सलाहकको स्थानका सुरुवातबाटै मैदानमा छिरेका मिनामिनोले तेस्रो मिनेटमै गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले ३–०को अग्रता लियो ।

५२औं मिनेटमा हेन्डर्सन, ५५औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुलले ५–०को अग्रता लियो । त्यसपछि तीन मिनेट अन्तरमा सलाहले २ गोल गरेपछि लिभरपुले सन् १९८९ पछिकै सर्वाधिक ठूलो जित निकाल्यो । त्यतिबेल लिभपुलले क्रिस्टल प्यालेसलाई नै ९–०ले हराएको थियो । क्रिस्टल प्यालेसको भने हो घरेलु मैदानमा इतिहासकै खराब प्रदर्शन हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पारस बने टिम अबुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टर
Next post जेसी लिंगार्ड वेस्ट्हयामा
Close