समूह विजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा, चेकविरुद्ध स्टर्लिङको निर्णायक गोल

जारी १६औं संस्करणको युरोकपमा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति वेल्म्बलीमा भएको खेलमा रहिम स्टर्लिङको निर्णायक गोल मद्दतमा चेक रिपब्लिकलाई १–०ले हराउँदै इंग्ल्याड समूह डी विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको हो।

यता, इंग्ल्यान्डसँगको हारपछि पनि चेक रिपलब्लिक पनि नकआउट चरण पुग्यो । ४ अंक जोडेको उ तेस्रो स्थानको शीर्ष चारभित्र रहँदै नकआउटमा पुगेको हो।

चेकविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउन स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए। उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।

इंल्यान्डले समूह चरणमा केवल २ गोल मात्र गर्न सक्यो । ती दुवै गोल स्टर्लिङको नाममा रह्यो। उसले क्रोएसियालाई १–०ले हराएको थियो भने स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो।

Facebook Comments Box