यौन दुर्व्यवहारको मुद्दा खेपिरहेका ब्राजिलियन फुटबलर ड्यानी अल्भेसलाई स्पेनको एक अदालतले उपस्थित हुन आदेश दिएको छ।
बार्सिलोना तथा पिएसजीका पूर्वखेलाडी अल्भेसमाथि बार्सिलोनाको एउटा नाइट क्लबमा महिलालाई यौन दुर्व्यवहारको आरोप लागेको छ। यस मुद्दालाई लिएर ४० वर्षीय अल्भेसलाई आज अदालतमा उपस्थित हुन आदेश दिएको हो।
अल्भेस गत जनवरी २० देखि बार्सिलोनामा हिरासतमा छन्। अल्भेसले सुरुमा ती महिलासँग कुनै पनि प्रकारको दुर्व्यवहार नगरेको बताएका थिए । तर पछि आफूले उनीसँग सहमतिमा यौनसम्पर्क गरेको जनाएका थिए।
बुधबार अल्भेसलाई अभियोगको जानकारी दिएपछि अदालतले मुद्दाका लागि पेसी तोक्ने छ।