डानी अल्भेसलाई दुई खेल प्रतिबन्ध

Read Time:1 Minute

बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर डानी अल्भस प्रतिबन्धनमा परेका छन्। ला लिगाका अल्भेसलाई बुधबार दुई खेलको प्रतिबन्ध लगाएको हो।

ला लिगाअन्तर्गत गत साता भएको एट्लेटिको मड्रिडविरुद्धको खेलमा गरेको खराब ट्याकलका कारण उनलाई ला लिगाका २ खेल प्रतिबन्ध लगाएको हो ।

खेलको दोस्रो हाफमा अल्भेसले एट्लेटिकोका विंगर यानिक करास्कोको पिँडुलामा पछाडिबाट कुल्चिएका थिए । उनलाई रेफ्रिले भारमार्फत तत्कालै रेडकार्ड दिएका थिए । सोखेलमा अल्भेसले गोल र असिस्ट गर्दा बार्सिलोना ४–२ले विजयी भएको थियो।

प्रतिबन्धसँगै अल्भेसले स्पानियोल र भ्यालेन्सियाविरुद्धको खेल गुमाउने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राखेपको कार्यकारी सदस्य सचिवमा पोखरेल
Next post इन्डोर कर्पोरेट क्रिकेट लिग फागुन १८ देखि
Close