ड्यानी अल्भेसले छाडे पिएसजी

ब्राजिलमा जारी कोपा अमेरिकामा ब्राजिलको कप्तानी गरिरहेका भेट्रान डिफेन्डर ड्यानी अल्भेसले फ्रेन्च क्लब पिएसजी छाड्ने घोषणा गरेका छन् । कोपा अमेरिकाअन्तर्गत शनिबार राति भएको पेरुलाई ५–० ले पराजित गरेपछि अल्भेसले पिएसजी छाड्ने घोषणा गरेका हुन् । पेरुविरद्ध अल्भेसले ५३औं मिनेटमा गोल गरेका थिए ।

३६ वर्षीय अल्भेस २ वर्षअघि युभेन्टसबाट फ्रि टान्सफरमा फ्रेन्च क्लब पिएसजी आएका थिए । २ वर्ष पिएसजीमा रहँदा अल्भेसले २ लिग वान उपाधि जिते ।

पिएसजी छाड्ने निर्णय गर्दै अल्भेसले भनेका छन्, ‘आज म मेरो जीवनको जित, सिकाई र अनुभवको नयाँ चक्र रोज्दै छु ।’ उनले पिएसजीबाट खेल्न मौका दिएको क्लब परिवारलाई धन्वाद दिउका छन् । उनले भने, ‘म न्यानो माया र सम्मानका लागि क्लब सम्पूर्ण स्टाफलाई धन्ववाद दिन चाहन्छु । आगामी दिनमा तपाईंहरुले क्लबलाई अझ विशेष बनाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

‘यो दुई वर्षका अवधिमा मैले केही गल्ती गरेको छु भने म हृदयदेखि नै माफी माग्छु । मैले आफ्नो तर्फबाट उत्कृष्ट खेल्ने कोशिस गरेजस्तो लाग्छ ।’ अल्भेसले भनेका छन् ।

अल्भेसले सेभिल्ला, बार्सिलोना र युभेन्टसबाट पनि खेलेका छन् । उनले सन् २००२ देखि २००८ सम्म सेभिल्ला, सन् २००८ देखि २०१६सम्म बार्सिलोना र सन् २०१६ देखि २०१७ सम्म युभेन्टसमा खेलका छन् ।

६ वर्ष सेभिल्लाका लागि खेल्दा अल्भेसले २६० खेलमा १६ गोल गरेका थिए भने बार्सिलोनाका ८ सिजन बिताउँदा ३९१ खेल खेल्दै २१ गोल गरेका छन् । यस्तै, युभेन्टसमा १ सिजन बिताएका उनले ३३ खेल खेल्दै ६ गोल गरेका छन् ।

यसैगरी अल्भेसले पिएसजीमा २ सिजनमा ७३ खेल खेल्दै ८ गोल गरेका छन् । दुई सिजनै पिएसजीलाई लिग वान च्याम्पियन बनाउने उनेका भूमिका महत्वपूर्ण थियो ।

अल्भेसले पिएसजी छाडेको घोषणा गरेसँगै उनलाई भित्र्याउन इंग्लिस प्रिमियर लिग क्लबले चासो देखाएका छन् । उनलाई भित्र्याउन म्यान्चेटरका दुई क्लब सिटी र युनानइटेड चासो देखाएका छन् । त्यसमा पनि सिटी अगाडि देखिएको छ । उसले अल्भेसलाई डानिलोका रिप्लेस गर्न क्लब भित्र्याउन खोजिरहेको छ ।

अल्भेस पिएसजी जानु अघि यभुेन्टसबाट म्यान्चेटर सिटी आउने लगभग निश्चित भइसकेको थियो । अन्तिम समयमा उनले पिएसजी रोजेका थिए । अल्भेस पेप ग्वार्डिओलाका प्रिय खेलाडी रहेकाले पनि उनी सिटी आउने सम्भावना बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *