बार्सिलाेनामा अल्भेसविरुद्ध यौन दुर्व्यवहारको उजुरी

Read Time:1 Minute

ब्राजिलियन भेट्रान मिडफिल्डर ड्यानी अल्भेसविरुद्ध यौन दुर्व्यवहारको उजुरी गरेको छ। ३९ वर्षीय अल्भेसविरुद्ध एक युवतीले बार्सिलोना प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दिएकी हुन् ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार डिफेन्डरले ३० डिसेम्बरको राती गोप्य अंगमा इच्छाविपरीत छोएको भन्दै ती युवतीले जनवरी २मा उजुरी दिएकी छन्।

ती युवतीले बार्सिलोनाको सटन नाइट क्लबमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्। घटनाबारे तत्कालै नाइटक्लबका सुरक्षा अधिकारीलाई जानकारी गराएको ती युवतीले प्रहरीसमक्ष बताएकी छन्।

अहिले बार्सिलोना प्रहरीले आल्भेसमाथि आरोपबारे छानविन गरिरहेको छ। यो घटनाका लागि उनलाई अदालतले बयानका लागि बोलाउन सक्छ ।

आल्भेस अहिले मेक्सिकोमा छन् । उनी मेक्सिकोको क्लब युनिभर्सिटी नेशनलबाट व्यावसायिक फुटबल खेल्छन्।

यसअघि पनि उनी माथि दुर्व्यहारको आरोप लागोको थियो । अनुसन्धानपछि सफाइ पाउँदै उनी नेशनलको टिममा फर्किएका थिए।

Happy
Happy
8 %
Sad
Sad
38 %
Excited
Excited
23 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
31 %
Previous post विश्वकप स्टार फर्नान्डेसका लागि ८७ मिलियन पाउण्ड र तीन खेलाडी दिने चेल्सीको प्रस्ताव
Next post ब्राजिलमा सुआरेजको भव्य स्वागत
Close