भेट्रान ब्राजिलियन डिफेन्डर अल्भेस मेक्सिकन क्लब फर्किए

Read Time:1 Minute

भेट्रान ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेर मेक्सिकन क्लब युनिभर्सिटी नेशनल फर्किएका छन्। यौन हिंसाको आरोप लागेपछि अल्भेसले क्लबले उनलाई निलम्बनमा राखेको थियो।

नाइट क्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप मिथ्या सावित भएसँगै उनले फेरि युनिभर्सिटी नेशनलबाट खेल्ने भएका हुन्।

उनी गत सिजन स्पेनिस क्लब बार्सिलोना छाड्दै फ्रि ट्रान्सफरमा नेशनल पुगेका थिए। ४० वर्षीय अल्भेसले नेशनलबाट लिगा म्याक्सका १२ खेले खेलेका छन्।

४० वर्षको उमरेमा पनि अल्भेस उत्तिकै लयमा छन् । उनले गत महिना कतारमा भएको विश्वकप पनि खेलेका थिए। त्यहाँ उनले २ खेल खेलेका थिए।

विश्व फुबटलमा अल्भेस सर्वाधिक उपाधि जित्ने खेलाडी हुन्। २१ वर्ष लामो फुटबल करिअरमा अल्भेसले ४६ ट्रफि जितेका छन्। उनले युरोपका चर्चित क्लबहरु बार्सिलोना, युभेन्ट्स पिएससी, सेभियाबाट व्यासायिक फुटबल खेलेका छन्।

विश्वकपपछि बिदा मनाइरहेका अल्भेसले नेशनलको जर्सीसहितको तस्वीर राख्दै आफू क्लबमा फर्कन लागेको बताएका छन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आहा–रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
Next post ए डिभिजन क्लबले कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने, सेड्यल माघ २ गते आउने
Close