
माेरिससविरुद्धको दोस्रो खेलमा अनन्त र प्रशान्तको स्थानमा दर्शन र मनिष टिममा
Read Time:1 Minute
नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार माेरिसविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । त्यसका लागि यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीले भने खेल गुमाउने भएका छन् ।
यी दुईको स्थानमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् । मनिषले शनिवार भएको पहिलो खेल खेलेका थिए ।
अलमुताइरीले माेरिससविरुद्धको दोस्रो खेलका लागि २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् ।
यसअघि पहिलो खेलका लागि उनले फरक टिम घोषणा गरेका थिए । जसमा दर्शन गुरुङको सट्टा प्रशान्त अवस्थीलाई टिममा समावेश गरिएको थियो ।
प्रशान्त यसअघि घोषित टोलीमा भने दोस्रो खेलका लागि मात्र टिममा थिए । यस्तै अनन्त पनि दोस्रो खेलका लागि मात्र टिममा थिए । तर दुवै खेलाडीले अब दोस्रो खेल गुमाउने भएका छन् ।