समर्थकसँग माफी माग्दै नुनेजले भने– यस्तो गल्ती अब कहिल्यै हुँदैन

Read Time:2 मिनेट

अहिले इंग्लिस क्लब लिभरपुलका उरुग्वेयन स्ट्राइकर डार्विन नुनेज चर्चामा छन्। मैदानमा विपक्षी खेलाडीमाथि ‘हेटबट’ गरेपछि नुनेज चर्चामा आएका हुन्।

इंग्लिस प्रियिमर लिगअन्तर्गत सोमबार राति एन्डफिल्डमा भएको क्रिस्टल प्यालेसविरुद्धको खेलमा नुनेजले ५७औं मिनेटमा क्रिस्टल प्यालेसका डिफेन्डर जोचिम एन्डरसनलाई ‘हेटबट’ प्रहार गरेका थिए।

खेलमा पछि परेको अवस्थामा गोलका केही अवसर खेर फालेपछि तनवमा रहेका नुनेजले एन्डरसनको उक्साहटमा हेडबट प्रहार गरेका थिए। लगत्तै रेफ्रिले उनलाई रेडकार्ड दिएका थिए।

यो घटनापछि नुनेजको चर्को आलोचना भइरहेको छ। प्रशिक्षक योर्गेन क्लोपले पनि उनको आलोचना गरेका छन्। उनले खेलमा त्यो बेल रिस देखाउन समय नभएको बताएका छन्।

यो घटनापछि नुनेजमाथि कम्तिमा ३ देखि ५ खेलसम्मको प्रतिबन्ध हुन सक्ने सम्भावना छ । लिगमा खराब सुरुआत गरेको लिभरपुललाई नुनेजको प्रतिबन्धले थप दाबाबमा पार्ने निश्चित छ। लिभरपुलले नुनेजलाई १ सय मिलिनय युरोमा साडियो मानेको रिप्लेसमेन्टको रुपमा बेन्फिकाबाट अनुबन्धन गरेको थियो।

चर्को आलोचना खेपिरहेका नुनेजले सामाजिक सञ्जालमार्फत समर्थकसँग माफी मागेका छन्। नुनेजले आगामी दिनमा यस्ता गलत व्यवहार प्रति आफू सचेत रहेन पनि उनले बताएका छन्।

ट्विटरमार्फत नुनेजले समर्थकसँथ माफी माग्दै अब यस्तो गल्ती कहिल्यै नदोहा¥याउने प्रतिबद्धता जनाएका छन्् । उनले लेखेका छन्, ‘म आफ्नो गलत व्यवहारप्रति सचेत छु । म यहाँ गल्तीहरुबाट सिक्न आएको हु र फेरि यस्तो गल्ती कहिल्यै हुनेछैन।’

समर्थकहरुसँग माफी माग्दै नुनेजले आफू फेरि फर्कने जनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एभर्टन डिफेन्डर मिना २ महिना मैदान बाहिर रहने
Next post टि–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो
Close