रियलले भित्र्यायाे बायर्नका डेभिड अल्बा, तलब प्रतिसिजन १२ मिलियन युरो

स्पेनिस क्लब रियल मड्रिडले अस्ट्रियन डिफेन्डर डेभिड अल्बालाई अनुबन्धन गरेको छ । रियलले जर्मन क्लब बार्यन म्युनिखका २८ वर्षीय डिफेन्डर अल्बालाई फ्रि ट्रान्सरमा अनुबन्धन गरेको हो।

अघि नै रियल आउने पक्का भएपनि अल्बाले रियलसँग शुक्रबार औपचारिक सम्झौता गरेका छन् । अल्बाले रियलमा प्रतिसिजन १२ मिलियन युरोप पारिश्रमिक पाउने छन्।

उनले रियलसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म रियलमा रहने छन्।

सन् २००८ मा बायर्न आएका अल्बाले १३ सिजन बिताउँदा २७ उपाधि जितेका छन् । उनले बार्यनका लागि ४३१ खेल खेल्दै ३३ गोल गरेका छन् ।

उनले बायर्नबाट १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग, ६ जर्मन कप, ५ जर्मन सुपर कप, २ फिफा क्लब विश्वकप र २ युइएफए सुपरकप उपाधि जितेका छन् ।

Facebook Comments Box