लागतार दोस्रो पटक डे ब्रयन बने ‘पिएफए प्लेयर अफ दि इयर’

इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयनले ‘पिएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्।

सिटीलाई प्रिमियर लिग उपाधि दिलान र पहिलो पटक च्याम्पियन्स लिग फाइनल पु¥याउन महत्वपूर्ण भूमिका खेले डे ब्रुयनलाई प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) ले सिजनको उत्कृष्ट खेलाडी घोषणा गरेको हो।

डे ब्रुयनाले लागतार दोस्रो पटक ‘पिएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन्। लागतार दुई सिजन यो अवार्ड जित्ने डे ब्रयुन क्रिस्टियानाे रोनाल्डो र थिएरी हेनरीपछि तेस्रो खेलाडी हुन्।

म्यानचेस्टर सिटीलाई चार वर्ष भित्र तेस्रो पटक प्रिमियर लिगको उपाधि दिलाउन ब्रुएनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिगमा ६ गोल र १२ असिस्ट गरेका थिए।

ब्रुएनासँगै सिटीकै फिल फोडेनले ‘पिएफए योङ प्लेअर’ बनेका छन्। यस्तै महिलातर्फ चेल्सीकी फ्रान किर्बीले पिएफए प्लेअर अफ दि इअर र सिटीका लाउरेन हेम्पले योङ प्लेअर अवार्ड जितिन् ।

Facebook Comments Box